जल्नु बरु बखतमा
जल्नु बरु बखतमा जीवनको सार हुन्छ जब राप हुन्छ छाती, धरती पनि चिरिन्छ जब राष्ट्रका उपर नै संकटका ज्वार उठ्छन् चिता सहन्छ छोरो, चित्कार कहाँ सहन्छ चिता सहिन्छ जल्दो, चित्कार कहाँ सहिन्छ ।
म त न्यायको नियन्ता, म सपूत हु धराको हारेर सान हास्नु, स्वीकार यो कहाँ छ आमा जुनी जुनिकी, सन्तान हु मा तिम्रै तिमि सिवाय मेरो संसार नै कहाँ छ ।
डुबेर मर्न जाति सिमसारमा परन्तु लुटेर साख लाने अपराध यो नगर्नु जिउँदा सहिद जहाँ छन्, सामु यहाँ कसैले बेचेर देश बाँच्ने आशा पनि नगर्नु यो देशमा म एउटा मानिस खोजिरहेछु ।